नियम १३
बस्तु वा सेवाको मूल्य सूची राख्ने
: (१) बिक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु वा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री, वितरण स्थलमा स्पष्ट देखिने, बुझिने गरी राख्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा छुट्टै मूल्य सूची राखन आवश्यक पर्ने छैनः-

(क) प्रत्येक वस्तुको प्याकेट वा त्यस्तो वस्तु राखिएको भाँडोको बाहिर त्यस्तो वस्तुको मूल्य उल्लेख भएकोमा,

(ख) विद्युतीय माध्यमबाट वस्तु वा सेवाको मूल्य सूची निरन्तर प्रदर्शन गरिएकोमा,

(ग) कुनै वस्तुको प्याकेटमा एकभन्दा बढी वस्तु राखिएको र त्यस्तो प्याकेटमा वस्तुको प्रति एकाइ मूल्य उल्लेख भएकोमा, वा

(घ। वस्तु र सेवाको मूल्य सूची वा मेनु राखिएकोमा ।